हातेमालो नेपाली विद्यार्थी समुहद्वारा HNSG MOCK TEST सम्पन्न: शुनिल shrestha (संयोजक)
रोशन कुमार यादव (सचिव,हातेमालो) /न्यू दिल्ली,
भारतको राजधानी दिल्लीमा स्थित सि.ए. अध्ययनरत विद्यार्थीहरूको छाता सङ्गठन "हातेमालो नेपाली विद्यार्थी समूह (HNSG)" द्वारा "HNSG MOCK TEST" सम्पन्न भएको छ। व्यावसायिकता, विद्यार्थी कल्याण र विद्यार्थी एकताको लागि (Professionalism, Student Welfare And Unity) कार्यरत यो समुहको भर्खरै गठन भएको दसौं कार्यकालले गरेको यो पहिलो कार्यक्रम विद्यार्थी कल्याणलाई लक्षित गरिएको थियो।
विगत ९ बर्षदेखि भारतमा सिए अध्यनरत नेपाली विद्यार्थीहरुको शैक्षिक विकास र हकहित संरक्षण सदा तत्पर हातेमालो नेपाली विद्यार्थी समुहले सिए परिक्षा केन्द्रित HNSG Mock Test आयोजना गरेको छ जसमा नेपाली विद्यार्थीहरूको साथमा भारतीय विद्यार्थीहरूको पनि उपस्थित थियो। उपस्थित परिक्षार्थीहरुले आफुहरु निकै लाभान्वित भएको भन्दै यस्ता विद्यार्थी लक्षित कार्यक्रमहरु आगामी दिन हरुमा पनि संचालन गरिनुपर्ने धारणा राखेका थिए। पश्चात विद्यार्थीहरु बाट स्वयम् कार्यक्रम संयोजक सुनिल श्रेष्ठले सानो सुझाव सल्लाह लिएका थिए जुन हातेमालो विद्यार्थी समुहको आधिकारिक youtube channel (https://www.youtube.com/watch?v=UUNiNP827e0) बाट साझा गरिएको थियो। कार्यक्रम संयोजक श्रेष्ठले हातेमालो परिवारको यो पहिलो प्रयास र विद्यार्थीहरुको उत्साहपूर्ण उपस्थितिले आफुलाई आगामी दिनहरुमा यस्ता कार्यक्रम गर्न झनै हौसला बढेको प्रस्ट पारे। साथै उपस्थित सबैलाई र ज्ञात अज्ञात रुपमा सहयोग गर्ने सम्पूर्णलाई सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।
भारतको राजधानी दिल्लीमा स्थित सि.ए. अध्ययनरत विद्यार्थीहरूको छाता सङ्गठन "हातेमालो नेपाली विद्यार्थी समूह (HNSG)" द्वारा "HNSG MOCK TEST" सम्पन्न भएको छ। व्यावसायिकता, विद्यार्थी कल्याण र विद्यार्थी एकताको लागि (Professionalism, Student Welfare And Unity) कार्यरत यो समुहको भर्खरै गठन भएको दसौं कार्यकालले गरेको यो पहिलो कार्यक्रम विद्यार्थी कल्याणलाई लक्षित गरिएको थियो।
| कार्यक्रम संयोजक सुनिल श्रेष्ठ |
इंस्टिट्यूट ऑफ़ चार्टर्ड एकाउंटेंट्स ऑफ़ इंडिया (ICAI) द्वारा लिइने नोवेम्बर २०१८ परीक्षालाई लक्षित गरेर ICAI मानक अनुसार हातेमालो नेपाली विद्यार्थी समुहद्वारा HNSG MOCK TEST परीक्षा सञ्चालन गराइएको थियो। उत्तरपुस्तिका क्रमशः २० अक्टोबर प्रसिद्ध संकायहरु द्वारा जाँच गरीने छ र परीक्षार्थीहरुले सुधारगर्नुपर्ने ठाँउहरुमा सल्लाह समेत दिइनेछ भनेर कार्यक्रम संयोजक सुनिल श्रेष्ठले
बताउनुभयो।
विद्यार्थीहरुको चौतर्फी माँग अनुसार सञ्चालन गरायिएको यो परीक्षा पहिलो चरणमा नोवेम्बर २०१८ मा IPCC दोस्रो समूह र दोश्रो चरणमा FINAL दुबै समूह (पुरानो पाठ्यक्रम) दिने विद्यार्थीहरूको लागि संचालन गराईएको थियो भने अगामी दिनहरुमा सबैको लागि यस्तै परीक्षा सञ्चालन गरिने छ। परीक्षा ओक्टोबर १ देखि ओक्टोबर १३ सम्म सकरपुर स्थित फोनिक सि.ए. हॉल (Foniq CA Hall,Sakarpur) मा बिहान ७ बजे देखि १० बजे सम्म संचालन भएको थियो।

