Posts

हातेमालो समूहद्वारा दिल्लीमा न्यनो कपड़ा वितरण

Image
धुर्व प्रसाद देवकोटा  / न्यू दिल्ली भारतको राजधानी दिल्लीमा अध्ययनरत विद्यार्थीहरूको छाता सङ्गठन "हातेमालो नेपाली विद्यार्थी समूह  (HNSG) " ले  क्रिस्मसको अवसर पारेर मङ्गलबार गरिब तथा विपन्न वर्गहरुका लागि कपडा संकलन एवं वितरण कार्यकर्म  सम्पन्न गरेको छ।  "Giving  is not just about making a donation. It is about making a difference" भन्ने मुल नाराका साथ लत्ताकपडा संकलनबाट सुरुवात गरिएको सो कार्यकर्ममा लक्ष्मीनगरमा रही सी. ए अध्ययन गरिरहेका विद्यार्थीहरुको साथै दिल्लीको अन्य विश्व विद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो।  विशेषत: नोवेम्बेर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रुपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरुलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याँग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति हुने गरेको छ।  सोहि कुरालाई ध्यानमा राख्दै खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सँगठनका सचिव ...