हातेमालो नेपाली विद्यार्थी समुहद्वारा दशैँ टिका-जमरा कार्यक्रम

कार्यक्रम संयोजक सर्फराज हुसैन  
नेपालीहरुको महान पर्व बडा दशैंको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आफन्तजन,इष्ट-मित्र,सुभचिन्तक दाजुभाई तथा दिदीबहिनीहरुमा हातेमालो नेपाली विद्यार्थी समूह हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ


साथै यो शुभ-अवसरमा घरबाट टाढा भए पनि कसैको निधार खाली नरहोस् भन्ने आशयले विगतका वर्षहरुमा झैँ बडा दशैंकै दिन पारेर हातेमालो नेपाली विद्यार्थी समूहले भारतको न्यु दिल्लीमा टिका-जमरा कार्यक्रम आयोजना गर्न लागेको पनि सबैमा जानकारी गराउन चाहन्छौ। कार्यक्रममा लाई ३ भागमा विभाजन गरिएको छ। 
१.पशुपतिनाथका पुजारी द्वारा टिका-जमरा
२.सेल रोटी तथा प्रसाद
३.शुभकामना आदान-प्रदान

दिल्लीमा रहनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई कार्यक्रममा उपस्थित हुनुहुन्न विनम्र अनुरोध गर्न चाहन्छौं।

आउनुहोस्, घर बाहिर रहेर पनि घर मै रहेको आभाष गर्नुहोस्, प्रवासमा रहेर नेपाली संस्कृतिको जगेर्ना गर्ने हाम्रो यो अभियानमा हातमा हात मिलाउनुहोस् ।








                                       



मिती: अक्टोबर १९ , २०१८

स्थान : फोनिक सी.ए

सम्पर्क: ८८००६७८१४१ (सर्फराज)

९९१०६७९८४६ (युवराज
७२९०८४४०९५ (रोशन)