हातेमालो नेपाली विद्यार्थी समुहद्वारा HNSG MOCK TEST गराइने
रोशन कुमार यादव (सचिव,हातेमालो) /न्यू दिल्ली,
भारतको राजधानी दिल्लीमा स्थित सि.ए. अध्ययनरत विद्यार्थीहरूको छाता सङ्गठन "हातेमालो नेपाली विद्यार्थी समूह (HNSG)" द्वारा "HNSG MOCK TEST" गराइने भएको छ। व्यावसायिकता, विद्यार्थी कल्याण र विद्यार्थी एकताको लागि (Professionalism, Student Welfare And Unity) कार्यरत यो समुहको भर्खरै गठन भएको दसौं कार्यकालले गर्न थालेको यो पहिलो कार्यक्रम विद्यार्थी कल्याणलाई लक्षित गरेर गर्न लागिएको हो।
![]() |
| फोटो:परीक्षा तालिका |
विद्यार्थीहरुको चौतर्फी माँग अनुसार सञ्चालन गराउन थालिएको यो परीक्षा पहिलो चरणमा नोवेम्बर २०१८ मा IPCC दोस्रो समूह र FINAL दुबै समूह (पुरानो पाठ्यक्रम) दिने विद्यार्थीहरूको लगी रहनेछ भने अगामी दिनहरुमा सबैको लागि यस्तै परीक्षा सञ्चालन गरिने छ। परीक्षा ओक्टोबर १ देखि ओक्टोबर १२ सम्म सकरपुर स्थित फोनिक सि.ए. हॉल (Foniq CA Hall,Sakarpur) मा बिहान ७ बजे देखि १० बजे सम्म संचालन गराइनेछ। परीक्षा शुल्क प्रति विषय भारतीय ५०/- रूपिया तोकिएको छ जुन विद्यार्थीले Paytm वा Google Pay प्रयोग गरेर +९१-९८२१०५२७८० मा स्थान्तरण गर्नुपर्ने हुन्छ। लगतै HNSG द्वारा E-MAIL मार्फ़त विद्यार्थीहरुलाई प्रवेश पत्र उपलब्ध गराइनेछ।
कार्यक्रम समन्वयक सुनिल श्रेस्ठले परीक्षा को लागि सबै तयारी सकिसकेको र परीक्षा दिने विद्यार्थीहरुलाई ICAI परीक्षा मा उत्कृष्ट अंक हासिल गर्न सहयोग मिल्ने कुरामा आफुँ विश्वस्त रहेकोले दिल्ली अवस्थित सम्पूर्ण CA अध्यनरत विद्यार्थीहरुलाई परीक्षामा सामेल हुन अनुरोध गर्नु भयो। कार्यक्रममा नेपाली सँगै भारतीय विद्यार्थीहरु पनि सामेल हुनसक्नेछन।

