हातेमालो नेपाली विद्यार्थी समूहको ९आैँ कार्यकालका विशेष कार्यक्रमहरु र सम्झिनुपर्ने किन?
![]() |
| गोविन्द आचार्य |
महिला दिवसमा समृद्धि ढकाल र कविता भट्टले संयोजन गरेको कार्यक्रममा सबै साथीहरु अाआफ्नो अनुभव साटसाट गरि सबै विद्यार्थीहरु एकीकृत भएका थिए। त्यसैगरी नेपाली विद्यार्थीहरुबीच एउटा समस्या रहिरहेको बैंक खाता खोल्ने काम बिना आधार (aadhar) र pan card हातेमालो नेपाली विद्यार्थी समूहकोको संयोजनमा IDBI Bank बाट भएको छ। यसमा पनि करिब 100 जनाभन्दा बढी विद्यार्थीहरूको बैंक खाता खुलिसकेको छ।
हातेमालो नेपाली विद्यार्थी समूहका विभिन्न कार्यक्रमहरूको प्रवर्धन तथा प्रचारप्रसार को लागि बोर्ड सदस्य आफैंले video र लाइभ भिडियो बनाउने सोच हातेमालो नेपाली विद्यार्थी समुहको सचिवले गरेका थिए र सबै बोर्ड सदस्यहरुबाट ठूलो सहयोग प्राप्त भई निकै सफल पनि भएको छ। उपाध्यक्ष विवेक श्रेष्ठ र सचिव गोविन्द आचार्यले सिए सरोकार टेलिभिजन कार्यक्रम र गोर्खाली रेडियोमा हातेमालोको विविध गतिविधीका बारेमा अन्तर्वार्ता दिएका छन्। हातेमालो नेपाली विद्यार्थी समूहले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमहरुमा सबैलाई समेट्न सफल भएका छन र समयमा सम्पन्न भएका छन्। हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्ष प्रकाशन गर्ने स्मारिका "The Voice of Everest" को यस अङ्क सबैभन्दा उत्कृष्ट छ, सुर्य हमाल र रोचक अधिकारीको यसमा विशिष्ट योगदान रहेको छ। पहिलोपटक काठमाडौं र पोखरामा समेत बिमोचन भएको छ। साथै ACAN चुनाव अघि काठमाडौंमा हातेमालो नेपाली विद्यार्थी समूहले presidential debate आयोजना गरेका थियौं। दिल्लीमा रहेका सबै विद्यार्थी समूह मिली होलीमा भव्यरुपमा कार्यक्रम आयोजना गरेका थिए यसमा holi टिशर्ट बिक्रीबाट भएको नाफ़ा भा.रु. २०,००० क्यान्सरपीडित नेपाली बाजेलाई उपलब्ध गराइएको थियो। त्यस्तै क्यान्सरपीडित विद्यार्थीलाई लगभग भा.रु. ६०,००० सहयोग संकलन विभिन्न संस्थासँग मिली गरिएको थियो।
यस कार्यकालमा मीडिया सहयोग उत्कृष्ट रहेको छ। Himal post, DC Nepal, Nepal1 TV, Gurkhali Radio, CA Sarokar, The Rising Nepal र पोखराका big media house बाट निरन्तर सहयोग प्राप्त भएको छ र सुमधुर सम्बन्ध कायम भएको छ। हातेमालो नेपाली विद्यार्थी समूहले आफ्नै ब्लग सुचारु गरेको छ यो ब्लग केहीसमयमा नै व्यापकता पाइ आफ्नो क्षमता देखाउने छभन्ने मा हामी बिस्वस्त छौँ। हातेमालो नेपाली विद्यार्थीको यस कार्यकालमा हातेमालो QUIZ राजेश हमालको साथमा सम्पन्न भएको छ र asian स्तरको हाजिरिजवाफ प्रतियोगिता आयोजनामा पनि हातेमालो परिवारलेको संयोजनमा रहेको थियोे।
"Learn with Fun" concept प्रयोगमा ल्याउँदै Economic Quiz, World Cup Quiz, Predict & Win कार्यक्रम सञ्चालन गरेका थियौं। नेपालमा कानून अध्ययनरत विद्यार्थीहरु र सिए विद्यार्थीहरूको linkage हातेमालोको दशौं कार्यकालमा public relation member राखेर सम्बन्ध कायम गरेको छ त्यस्तै Ceetle Heros सँग पनि public relation राखिएको छ यस कार्यकालले। भारतका अन्य विभिन्न विश्वविद्यालयसँग पनि public relation extend गरेको छ। IPCC उत्तीर्ण विद्यार्थीहरूको लागि CA Firm डाटाबेस र articleship councelling training आयोजना गरेका थियौं। यस कार्यकालमा documentation को काम अझ सफल र सुदृढ भएको छ। सबै सेक्रेटरियल कागजात हरु softcopy मा उतारी google drive मा सुरक्षित गरिएको छ। हातेमालो इतिहासमा 9औँ कार्यकालमा प्राप्त स्रोत र साधनलाई अझ भरपूर प्रयोग गरि नमुना कार्यकाल बनाएका छौं जुन आउने कार्यकालको लागि पनि प्रेरणाको स्रोत बन्नेछ। हातेमालो नेपाली विद्यार्थी समूहको नवौं कार्यकाल सुन्दर थियो सदस्यहरु ऊर्जावान थिए जसले गर्दा कार्यक्रमहरु सफल भए ।
यस्तै बिगतको कार्यकालमा गरिने कार्यहरु जस्तै की दशैं मनाउने,नेपाल दुतवासमा देउसी भैलोखेल्ने,एकजुट भएर नव वर्ष मनाउने, एक आपसमै होली मनाउने जस्ता कार्यहरुलाई नी निरंतरता दिइएको थियो।
नाैँ कार्यसमिति(HNSG): आयुस्मा अर्याल अध्यक्ष विवेक श्रेष्ठ उपाध्यक्ष गोविन्द आचार्य सचिव समृद्धि ढकाल सहसचिव स्वरुप ढुंगाना कोषाध्यक्ष बोर्ड सदस्यहरु: कार्यक्रम संयोजक रोचक अधिकारी,संयोजक New year cultural Fest 2018 & Website Design. सुर्य हमाल, संयोजक HNSG Souvenir सरोज सुवेदी, संयोजक दशै टिका जमरा संतोष धमला, संयोजक तिहार देउसी भैलो ,Blood donation कविता भट्ट संयोजक Cultural Performance सुनिल श्रेष्ठ संयोजक Budget seminar सुनिल यादव संयोजक स्मारिका विमोचन Program Promotion रजत maharjan संयोजक prize distribution program भरत रावत संयोजक, हातेमालोको Quiz मदन पौडेल संयोजक, खेलकुद


