सचिव आचार्यद्वारा ९ अौँ कार्यकालको संक्षिप्त विवरण प्रकाशित
९ अौँ कार्यकालमा गरिएका संछिप्त गतिविधिहरु
सन् २००९ मा गठन भएको हातेमालो नेपाली विद्यार्थी समूह भारतमा सिए तथा अन्य विषय अध्ययनरत विद्यार्थीहरुको हकहित, शैक्षिक, सांस्कृतिक, खेलकुद मनोरञ्जनात्मक तथा सामाजिक कार्य गर्दै अगाडि बढिरहेको एउटा युथ संस्था हो । बिबिधि बाधा तथा अड्चनका बाबजुद पनि आफ्नो ९ वर्षे कार्यकालमा भारत प्रवासमा र नेपालमा मात्र नभई बिश्वभरि नै परिचित हुन पुगेको संस्था हो । आफ्ना ९औ बसन्त पार गरि समुह दशौ बर्षमा प्रवेश गर्दै छ। हातेमालो नेपाली विद्यार्थी समुहको ९ कार्यकालमा विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएको छ। प्रवाससि भूमिमा आफ्नो संस्कृतिलाई सम्मान गर्दै दसैँमा टीका-जमरा बाट सुरु गरिएको यस कार्यकालमा तिहारमा देउसी भैलो कार्यक्रममा पानी नेपाली दूतावासमा आयोजना गरिएको थियो।
हातेमालो नेपाली बिद्यार्थी समूहले महानायक राजेश हमाल को साथमा यसैबर्ष अन्तराष्ट्रिय स्तरको हाजिर जवाफ प्रतियोगिका पनि गर्यो । साथै सिए र सिए विद्यार्थी हरु बिच हातेमालो हाजिर जफाव प्रतियोगिता पनि अायोजना भएको थियो।
खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमलाई अगाडि बढाउने क्रममा हातेमालो नेपाली विद्यार्थी समूहले इंडोर गेममा फिफा फुटबल १४, डार्ट थ्रो र चैस प्रतिस्पर्धा कार्यक्रमको आयोजना सफलतापूर्वक संपन्न गरि सकेको छ। साथै १८ टीमको सहभागितामा ५ ए साइड फूटबाल गेमपनि अायोजना गरिएको थियो। यसैगरी हातेमालो नेपाली विद्यार्थी समूहले इंडियन बजेटको पोस्ट बजेट र जिएसटी सेमिनार कार्यक्रम आयोजना गरेको थियो, साथै केहि समय अगाडी इंटरनेशनल इकनोमिक कॉन्क्लेव २०१८ भव्यताका साथ अन्तर्राष्ट्रिय स्तर सम्पन्न गरेको छ। हातेमालो नेपाली विद्यार्थी समूहले प्रवासमा अध्यनरत सम्पूर्ण विद्यार्थीको हकहित संरक्षणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। विद्यार्थीहरूको माझमा विना अाधार र प्यान कार्ड बैंक अकाउंट खोल्ने, भर्नाको व्यवस्था गर्ने र एक आपस जरुरतमन्द विद्यार्थीको लागि हरेक खाले सेवासुबिधा दिदै आएको छ।
आईपिसीसीमा सफल भएका विद्यार्थीहरूका लागि सीए फर्म खोज्न सहयोग र सजिलो होस् भनेर हातेमालो नेपाली बिद्यार्थी समूहले ऑडिट फर्मको डेटाबेस मेन्टेन गरिरहेको छ। हातेमालो नेपाली बिद्यार्थी समूहले रक्तदान जीवनदान हो भन्ने मूल नारालाई आत्मसात गर्दै दिल्लीमा रहेका सबै विद्यार्थीहरूको डाटाबेस बनाएर १०० भन्दा बढी अाकस्मिक रक्तदान कार्यक्रम गरि सकेको छ।